यसकारण युवाहरु झन् बढी संक्रमित हुँदै

काठमाडौं, २४ साउन : युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ।

नेपालमा कोरोना संक्रमणको ६ महिना अवधिमा उमेरका हिसाबले सबै समूहमा संक्रमित देखिएका छन्। चीनमा अध्ययन गरी फर्किएका युवामा गत माघ ९ गते पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। १५ हजार ८ सय १४ जना निको भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म ६ हजार ३ सय ३० जना आइसोलेसनमा छन्। ६६ जना आईसीयूमा छन्। यीमध्ये ३ जना भेन्टिलेटरमा छन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीमध्ये बहुसंख्यक ७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेरसमूहका छन्। ६० भन्दा माथिको उमेरसमूहका संक्रमितको संख्या २.१ प्रतिशत छ। १० वर्षमुनिका बालबालिकाको संक्रमण ४ प्रतिशत छ।

६० वर्षमुनिका व्यक्ति बढी संक्रमित भएको जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारीको भनाइ छ। ‘यो उमेरका व्यक्तिहरू धेरै चलायमान हुन्छन्। त्यसैले बढी संक्रमित भएका छन्’, डा. तिवारीले भने, ‘युवा उमेरसमूहमा बढी संक्रमित भेटिए भन्दैमा ६० वर्षमाथिको समूह जोखिममा परेको छैन भन्न मिल्दैन। संक्रमण युवा समूहमा बढी देखिए पनि मृत्युदर वृद्धवृद्धामा बढी छ।’

११ देखि २० वर्ष उमेरमा संक्रमण १५.४ प्रतिशत छ। ६१ देखि ७० वर्ष उमेरका ज्येष्ठ नागरिक १.५ प्रतिशत संक्रमित छन्। त्यस्तै ७१ वर्षभन्दा माथिका संक्रमित एक प्रतिशतभन्दा पनि न्यून छन्। डा. तिवारीका अनुसार चलायमान समूहमा संक्रमण देखिनुले आगामी अवस्था गम्भीर रहेको संकेत गर्छ। यही समूहले घरमा बालबालिका र वृद्धवृद्धालाई संक्रमण सार्ने जोखिम हुन्छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड