सिरहामा देखियो समुदाय स्तरमा कोरोना

साउन २२, सिरहा : बुधबार सिरहामा चार थप कोरोना भाइरस(कोभिड–१९)को संक्रमित फेला परेको छ। उनीहरु चारै जना समुदाय स्तरका हुन् । मिर्चैया नगरपालिका- ५ मा एक जना, सोही नगरपालिकाको मंगलम पोलिक्लिनिकको स्वास्थ्यकर्मी दुई जना र गोलबजार नगरपालिकाको एक पेट्रोल पम्प परिसरमा रहेका लाइन होटलमा एक जनामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।

कोरोनाको संक्रमित भेटिएपछि मिर्चैया नगरपालिकाले बिहीबारदेखि साउन ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। पेट्रोल पम्प सील गरिएको छ। कोरोना पुष्टि भएसँगै सिरहा प्रशासनले स्वास्थ्य कार्यालयको सहयोगमा संक्रमितसँगको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्य सुरु गरेको स्वास्थ्य कार्यालयको सूचना केन्द्रका फोकल व्यक्ति अन्देश्वर चौधरीले जानकारी दिए।

यसअघि गत शनिबार पनि समुदायका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुमध्ये सिरहा नगरपालिका –१६ का राजनीतिकर्मी र लहान गरपालिका –८ का गैरसरकारी संस्थाका कर्मचारी हुन्।

सिरहामा हालसम्म ४४ सय ६६ जनाको स्वाब संकलन गरिएको छ। जसमा २२० जनाको पीसीआर रिर्पोट पोजिटिभ र ३८ सय ८० जनाको निगेटिभ आएको छ। ११७ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

१९१ जनाको कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। २९ जना आइसोलेसनमा उपचाररत छन्। संस्थागत क्वारेन्टाइनमा ३८७ जना र होम क्वारेन्टाइनमा ४०६ जना रहेको स्वास्थ्य कार्यालयले जानकारी दिए। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर