साउन २२, काठमाडौँ : कोरोना भाइरस सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि मुलुकको मुख्य प्रशासनिक कार्यालय सिंहदरबारभित्र सर्वसाधारणको प्रवेशमा कडाइ गरिएको छ ।
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारी पदाधिकारी, कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा आवश्यक सतर्कताका लागि बुधबारबाट सिंहदरबार प्रवेशमा कडाइ गरिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ ।
वर्तमान तथा पूर्वसरकारी पदाधिकारी, सांसद र सरकारी कर्मचारीले अनावश्यक व्यक्ति आफूसँंगै प्रवेश गराउने तथा अत्यावश्यक कामबाहेक अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ । सञ्चारकर्मीका लागि सूचना विभागको प्रेस पास अनिवार्य गरिएको छ ।
सर्वसाधारण सेवाग्राहीका लागि विभिन्न मन्त्रालयबाट जारी हुने ई–गेट पास सेवा अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको छ । सिंहदरबार प्रवेश गर्नेहरूका लागि स्वचालित सीसी थर्मगनबाट ज्वरो नाप्ने व्यवस्था गरिएको छ ।
सिंहदरबार परिसर सुरक्षामा परिचालित प्रहरी सुरक्षा गणका प्रमुख सुवास बोहराले बुधबारबाट अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाइएको बताए । उनले प्रवेशद्वारमा पीपीई पोसाकसहितका सुरक्षाकर्मी खटाई सुरक्षा तथा स्वास्थ्य सतर्कता अपनाइएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर