कोभिड–१९ : काठमाडौं उपत्यका अत्यधिक जोखिममा

mausam_gGUiMM7KAQ (1)

संक्रमितमध्ये काठमाडौंका ३२, ललितपुरका ५ र भक्तपुरका एक जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । बिहीबार मात्र उपत्यकाका ४५ जनामा संक्रमण पुष्टि भएको थियो ।

नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी संक्रमित भएका छन् । पछिल्लो तथ्यांकअनुसार मु्ख्यालयमा ७२ जना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी छिर्ने नाकाहरू नागढुंगा, फर्पिङ र साँगामा कुल १० हजार २०५ जनाको स्वाब संकलन गरिएको र केहीको रिपोर्ट आउन बाँकी रहेकाले संक्रमितको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

१ साउन देखि १६ गतेसम्ममा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । जसमध्ये १० जना पर्साका छन्, जहाँ कोरोना संक्रमण र मृत्युको दर बढिरहेको छ । वीरगन्ज जस्तै काठमाडौं उपत्यकामा पनि जोखिम बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रहरीको तथ्यांकअनुसार थानकोट, साँगा र फर्पिङ नाकाबाट दैनिक करिब ५ हजार मानिस उपत्यका प्रवेश गर्ने गरेका छन् ।

२६ असारबाट सार्वजनिक यातायात सञ्चालनमा आएदेखि १५ साउनको अवधिसम्म १ लाख २० हजार मानिस उपत्यका प्रवेश गरेको प्रहरीले जनाएको छ । जथाभावी मानिसहरू उपत्यका प्रवेश गरेपछि नै राजधानी काठमाडौं जोखिममा परेको हो । राजधानी जोखिममा परेपछि सरकारले राति ७ बजेदेखि बिहान सात बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ । तर, त्यसको सशक्त कार्यान्वयन हुन नसक्दा जोखिम बढिरहेको पाइएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित