सडकमा निस्कँदा मास्क अनिवार्य, नलगाए पक्राउ

5f055218ca10c_Mask

गृहले पहिलो पटक गत २२ असारमा गरेको आदेश कार्यान्वयन नभएको भन्दै आइतबार दोस्रो पटक मास्क प्रयोग नगर्नेहरूउपर कडा रूपमा प्रस्तुत हुन ७७ वटै जिल्ला प्रशासन कार्यालयसहित प्रहरीलाई निर्देशनात्मक परिपत्र गरेको हो । पत्रमा मास्क नलगाई अटेर गरेर जथाभावी रूपमा सडकमा निस्किए पक्राउ गर्न भनिएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि गरिएको परिपत्रलाई नै कडाइका साथ लागु गर्न भनिएको जानकारी दिए । ‘लकडाउन सकिए पनि संक्रमणको खतरा कायमै छ, यस्तो अवस्थामा घरबाट बाहिर निस्कँदा मास्क प्रयोग गर्न भनेका हौं । मास्क नलगाई हिँडे प्रहरीले पक्राउ गर्न सक्छ,’ अधिकारीले भने ।

 

लकडाउन अन्त्य भएसँगै देशका विभिन्न स्थानमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ भने वीरगन्जसहित केही स्थानमा संक्रमितको संख्या ह्वात्तै बढ्दै गएपछि स्थानीय प्रशसनमार्फत निषेधाज्ञा नै जारी गरिएको छ ।

संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीमा जनस्तरबाट लापरवाही बढेको र जोखिम बढ्न सक्ने भन्दै निर्देशनात्मक आदेशसहितको परिपत्र गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको परिपत्रमा दैनिक रूपमा मास्क नलगाउने उपर भए गरेका कारबाहीको विवरण प्रशासन कार्यालयलाई मन्त्रालयमा बुझाउन भनिएको छ ।

मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । यसअघि समेत गृहले २२ असारमा मास्क प्रयोग नगरी हिँडडुल गर्नेहरूलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयसहित प्रहरीमा पत्र पठाएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी निरजबहादुर शाहीले सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गरिएको र मास्क प्रयोग नगर्नेलाई पक्राउ गरिने बताए ।

‘सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गरिएको र मास्क प्रयोग नगर्नेलाई पक्राउ गर्न देशभरका मातहतका निकायलाई निर्देशन भइसकेको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता शाहीले भने ।

गृहले आम सर्वसाधारणमा जरुरी कामबाहेक घरबाहिर ननिस्कन, निस्कँदा अनिवार्य मास्क लगाउन तथा एक अर्काबीच कम्तीमा दुई मिटरको सामाजिक दुरी कायम गर्न पटक पटक आग्रह गर्दै आइरहेको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)