यस वर्ष जुम्लामा स्याउका बोटमा दाना लागेनन् । जसले गर्दा यहाँका किसान चिन्तित छन् । स्याउका फूल तुषारोले खाएपछि स्याउमा फल नलागेर उत्पादनमा निकै कमी आउने भएको छ । धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको किसानले बताएका छन् ।

चन्दननाथ नगरपालिका वडा नं ३ का किसान रामकृष्ण बुढ्थापाका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन । आफ्नो बगैँचा भएको रडिखेल्ला क्षेत्रका सबै बगैँचामा स्याउका फल छैनन् । उनले भने, स्याउ फूूल्ने बेलामा कालो तुषारो लागेपछि फल लाग्न पाएन । बर्सेनि ३ टनभन्दा बढी फल्ने गरेको बताउँदै उनले यो वर्ष निकै घाटा लाग्ने भनाइ राखे ।
सिञ्जा गाउँपालिका–४ निवासी किसान मुनबहादुर रावलको बगैँचा जिल्लाकै उत्कृष्ट बगैँचामध्ये एक मानिन्थ्यो । उनको बगैँचामा अहिले एक हजार दुई सय पचास स्याउ बिरुवा र अढाइ सय ओखर गरी एक हजार पाँच सय बिरुवा छन् । तर उनका बगैँचामा खासै स्याउका फल लागेको छैन ।
जिल्लाको चन्दननाथ नगरपालिका वडा नं ८ का किसान धर्मसिंह कठायतले समेत यस वर्ष बगैँचामा स्याउ नफलेकोमा चिन्ता व्यक्त गरे। उनका अनुसार गत वर्ष रु पाँच लाखको स्याउ बिक्री गरिएको थियो तर यो वर्ष फल नलागेकाले हैरान भएको बताए । यसैगरी जिल्लाभरिका किसानले स्याउमा यस वर्ष फल नलागेको गुनासो गरेका छन् ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर