पछिल्लो २४ घण्टामा देशभर ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ६९७ जना डिस्चार्ज भएका छन् । यसले दैनिक सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, बुधबार काठमाडौंँमा सातसहित ११६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका २६ वटा प्रयोगशालामा पाँच हजार ९० जनाको पीसीआर परीक्षण भएको छ ।
उनले हालसम्म दुई लाख ९८ हजार ८२९ को पीसीआर परीक्षण गरिएको बताए । गौतमले हालसम्म आइसोलेसनमा छ हजार ११३ जना रहेको जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको जम्मा सङ्ख्या ११ हजार २५ पुगेको छ ।
यस्तै छ हजार ११४ सक्रिय कोरोना सङ्क्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए। देशभरका क्वारेन्टाइनमा २४ हजार ५२७ जना रहेको उनले बताए । गौतमले थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)