July 15, 2020

रुकुम घटनाः दोहोरो झडप नभई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको संसदीय समितिको निष्कर्ष

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेकै बेला प्रतिनिधि सभाद्वारा गठित संसदीय छानबिन समितिले मङ्गलबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।  एक महिनाको अवधिमा स्थलगत अध्ययनपछि  समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन मङ्गलबार बुझाएका हुन्।

समितिले घटना अन्तरजातीय सम्बन्धका कारण उत्पन्न भएको र दोहोरो झडप नभई एकपक्षीय रूपमा घटना गराइएको निष्कर्ष निकालेको छ । “हामीले प्रतिवेदन बुझाएका छौँ । मुख्यतः घटना दोहोरो झडप हैन भन्ने हाम्रो निष्कर्ष छ । निर्मम रूपमा आक्रमणपछि हत्या भएको छ । अन्तरजातीय सम्बन्धको कारणबाट घटना विकसित भएको समितिको निष्कर्ष छ’’, संयोजक पौडेलले भने ।

ठूलो समूह मिलेर आक्रमण गरी नवराजसहित छ जनाको हत्या भएको निष्कर्ष समितिको छ । घटनामा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सुझाव दिँदै समितिले संवैधानिक र कानुनी प्रावधान कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । समितिले पीडित परिवारलाई राज्यका तर्फबाट क्षतिपूर्ति उपलब्ध गराउन पनि सुझाव दिएको छ । आश्रित परिवारका बालबच्चालाई शिक्षा, स्वास्थ्य तथा रोजगारीको ग्यारेन्टी गर्न सुझाव दिँदै समितिले आश्रित परिवारलाई कम्तीमा १० लाख रुपियाँ क्षतिपूर्ति दिन र मृतकका नाममा स्मृति पार्क बनाउन पनि सुझाव दिएको छ ।

जेठ १० गते चौरजहारीमा भएको घटनामा नवराज विकसहित छ जनाको हत्या भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३४ जनाविरुद्ध रुकुम जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेशसमेत जारी गरिसकेको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर