काठमाडौंबाट गएको अख्तियारको टोलिले खोटाङका सिँचाई योजना प्रमुखलाई घुस सहित रङ्गेहात यसरी समात्यो

   IMG_20200714_172911

असार ३०, खोटाङ। जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय दिक्तेल, खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई उपभोक्तासँग घुस लेनदेन गर्दैगर्दा काठमाडौ बाट गएको अख्तियर टोलिले रंगेहात पक्राउ गरेको छ।

आफुले माथि बुझाउनुपर्ने भनी श्रेष्ठले उपभोक्तासग बार्गेनिङ गरेर दु:ख दिएको उजुरी परेको कारण अख्तियर त्याहा पुगेको थियो ।

सेवाग्राहीबाट ९ लाख ३४ हजार रुपैया घुस लिइरहेको अवस्थामा कार्यालय प्रमुख श्रेष्ठलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो। उनी कार्यालयको कार्यकक्षमै घुससहित अख्तियारको फन्दामा परे। 

श्रेष्ठको साथबाट श्रोत नखुलेको थप ९९ हजार ५ सय रुपैयाँ पनि जफत गरिएको छ । श्रेष्ठलाई स्वास्थ्य परीक्षणपछि थप अनुसन्धानका लागि काठमाडौं लाने तयारी भइरहेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको