June 27, 2020

लकडाउनपछि अस्पतालमा उपचार गर्न आउनेको संख्या ५० प्रतिशत कम

whatsapp sharing button
काठमाडौं, असार १३ः नेपालमा कोरोना संक्रमण र लकडाउन सुरु भएपछि अस्पतालमा उपचार गर्न आउने विरामीको संख्या ५० प्रतिशत भन्दा कम भएको राजधानीका ठूला अस्पतालहरूको तथ्यांकले औंल्याएका छन् । कतिपय अस्पतालमा त ७५ प्रतिशत भन्दा कम छन् ।

राजधानीको केन्द्रमा रहेको वीर अस्पतालमा लकडाउन अघि विरामीको घुइँचो नै लाग्थ्यो । अहिले आधा भन्दा कम विरामी आउने गर्छन् । वहिरंग विभागमा कम आउँछन् नै आपतै परेपछि आउने आकस्मिक कक्षमा समेत विरामीहरूको संख्या ५० प्रतिशत भन्दा कम भएको छ । वीर अस्पतालमा लकडाउन अघि दैनिक दुई हजारदेखि २५ सय विरामी आउँथे अहिले पाँच सय मुस्किलले आउँछन् । दैनिक दुई सय ५० जना आउने आकस्मिक कक्षमा अहिले ५० देखि ५५ जना मात्र आउँछन् ।

लकडाउनसंगै सरकारले अति आवश्यक वाहेक अन्य सेवा सुचारु नगर्न भनेकोले आवश्यक सेवा मात्र थिए । लकडाउन खुकुलो भएपछि अस्पतालमा उल्लेख्य विरामी नपुगेको अस्पतालका निर्देशक डा केदार प्रसाद सेन्चुरीले बताए ।

निर्देशक सेन्चुरीको अनुसार कोभिड १९ को संक्रमण अस्पतालवाट हुन्छ भन्ने त्रासले पनि विरामी सकेसम्म अस्पताल आउन चाहाँदैनन्, लकडाउनले सवारी नपाएपछि उपत्यका वाहिरका विरामी पनि आउन नसकेकोले अस्पतालमा सेवा लिनेको संख्या अन्यन्त न्युन रहेको हो । नागरिक न्युज दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर