June 20, 2020

विप्लवको गतिविधि चुनौतीपूर्ण : सेना

आषाढ ०६, काठमाडौं : नेपाली सेनाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको ‘अवाञ्छित गतिविधि’ले सुरक्षा चुनौती बढाएको विश्लेषण गरेको छ। उनीहरूले हतियार तथा विस्फोटक पदार्थ भण्डारण गरिरहेको र सर्वसाधारणलाई आतंकित पार्ने उद्देश्यले आफ्ना गतिविधिलाई सक्रिय राखेको सेनाको विश्लेषण छ।

जंगीअड्डामा शुक्रबार सुरु पृतनापति बैठकमा विप्लव समूहका गतिविधिले निम्त्याउन सक्ने सुरक्षा चुनौतीबारे पनि छलफल भएको सैनिक स्रोतले बताएको छ। यसका साथै कोरोना रोकथाममा सेनाले गरेको काम, सरकारले दिएका विभिन्न जिम्मेवारी पूरा गर्दा सेनालाई लगाइएका आरोपका विषयमा छलफल चलेको थियो।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पृतनापति बैठक नियमित भएको प्रतिक्रिया दिए्। ‘मुलुकको पछिल्लो सुरक्षा अवस्था, कोभिड–१९ रोकथामलगायत विषयमा छलफल जारी छ’, प्रवक्ता पाण्डेले अन्नपूर्णसँग भने। विप्लव कार्यकर्ताको अवाञ्छित गतिविधिलाई निस्तेज पार्ने विषयमा पनि छलफल भएको सैनिक स्रोतले बताएको छ। बैठक आइतबार सकिनेछ।

प्रहरीले उक्त समूहका ललितपुर जिल्ला सदस्य श्याम भनिने सानुराज बज्राचार्यलाई जेठ ३० गते ठूलो परिमाणको हतियार र विस्फोटक पदार्थसहित नियन्त्रणमा लिएको थियो। बज्राचार्य हतियार तथा विस्फोटक पदार्थ ओसारपसारमा पनि संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ। उनले उपत्यकाका विभिन्न स्थानमा हतियार भण्डारण गरेको पाइएको छ।

उनीहरूले उपत्यकाका विभिन्न स्थानमा भण्डारण गरेका हतियार तथा विस्फोटक पदार्थ बरामद भएपछि जंगीअड्डाले त्यसबाट चुनौती खडा भएको जनाएको हो। विस्फोट गराउनेजस्ता आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।

उनीहरूले लकडाउनको मौकामा विभिन्न स्थानमा विस्फोटका घटना गराउनेतर्फ सजग हुनुपर्ने विश्लेषण जंगीअड्डाले गरेको छ। सरकारका सबै संयन्त्र कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित भइरहेका बेला उनीहरूले त्यसको फाइदा उठाउँदै विस्फोट गराई आतंकित बनाउन सक्नेतर्फ जंगीअड्डा सचेत भएको हो।

बैठकमा उपत्यकासहित सबै प्रदेशका पृतनापतिले आआफ्नो क्षेत्रको पछिल्लो सुरक्षा अवस्था र सम्भावित सुरक्षा चुनौतीबारे रिपोर्टिङ गरेका थिए। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सेनाले गरेको कार्यबारे उनीहरूले रिपोर्टिङ गरेका थिए। विदेशबाट फर्किका नेपालीको व्यवस्थापन गर्दा आइपरेका चुनौती र त्यसको सहजीकरणको उपायबारे बैठकमा छलफल भएको थियो। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर