June 18, 2020

प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि

 

काठमाडौं ,असार ४, २०७७ sharethis sharing button

सिन्धुलीमाढी – सिन्धुलीमा क्वारेन्टाइनमा रहेकाहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि वितरण सुरु गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले चारथरिको आयुर्वेद औषधि वितरण गर्दै घुम्ती योग प्रशिक्षण दिन सुरु गरेको हो ।

क्वारेन्टाइनमा रहेकाहरूलाई नियमित सेवन गर्न आयुर्वेद औषधि अश्वगन्धा चुर्ण, गुडुची चुर्ण,  पाचक र तुलसी चिया वितरण गरिएको वैद्य निरीक्षक दीपक तिमल्सिनाले बताए ।

‘‘लामो यात्राको थकानका कारण क्वारेन्टाइनमा रहनेको शक्ति कमजोर भई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने भएकाले शक्तिबद्धर्क चुर्ण  वितरण सुरु गरेका छौँ,’’ वैद्य तिमल्सिनाले भने, ‘‘इम्यिुनिटी पावर बढाउने खालका आयुर्वेद चुर्णले धेरै रोग लाग्नबाट जोगाउँछ । ’’ क्वारेन्टिनमा रहनेलाई स्वास्थ्य जाँच गरी आयुर्वेद औषधि दिने गरेको उनले सुनाए ।

केन्द्रका वैद्य निरीक्षक तिमल्सिनाका अनुसार भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षणसँगै तनाव व्यवस्थापन प्रशिक्षण दिने गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर