अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेस गरेका आर्थिक विधेयक २०७७ बहुमतले पारित भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेकाे आर्थिक विधेयक बहुमतले पारित भएको हो ।
यसअघि आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै व्यवसाय सुचारु गर्ने वातावरण तयार गरिने बताएका थिए ।
संसदमा सबै दल मिलेर जाने अभ्यास सुरु भएको उल्लेख गर्दै उनले यसका लागि पनि सबै दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताए ।
कडा लकडाउनका कारण वैशाख र जेठ महिनामा केही अप्ठ्यारो भए पनि अब व्यावसायिक वातावरण खुला भएकाले आन्तरिक व्यापार र भन्सार आयातको अवस्था पुरानै अवस्थामा फर्किने उनको भनाइ छ ।
अर्थमन्त्री खतिवडाले बैंकहरूलाई सामान्य नाफाको अवस्थामा राखेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।
अहिलेको परिस्थितिमा अस्वाभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरू टाट पल्टिने र बैंकहरू पनि अप्ठ्यारोमा पर्ने उनको भनाइ थियो ।
उनले जेठ महिनाको राजस्वको संकलन दरले दैनिक खर्च उठाउने अवस्था नरहेको जानकारी सदनलाई दिए ।
मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुने गरेको अवस्थामा भन्सारबाट १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्ब मात्रै संकलन हुने गरेको उनले बताए ।
अर्थमन्त्री खतिवडाले राजस्वको स्थिति अप्ठ्यारो भएकाले त्यो राजस्वले दैनिक खर्च धान्न सक्ने स्थिति नभएको बताएका हुन् ।
उनले भने, ‘यसलाई स्वीकार गर्नुपर्छ । अहिले हामीले जति दैनिक राजस्व उठाउँछौँ त्यो राजस्वले हाम्रो दैनिक खर्च धान्न सक्ने स्थिति छैन । मैले जेठ महिनाको मोटामोटी आकलन गर्दै गर्दा मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुन्छ । मासिक रूपमा भन्सारबाट औसत रूपमा १५ अर्ब, केही अर्ब रुपैयाँ आन्तरिक राजस्वबाट उठ्छ । जसले गर्दाखेर अनिवार्य दायित्वलाई पूरा गर्नलाई हामीले थप प्रयास गर्नुपर्ने भएको छ ।’
सांसदहरूले आर्थिक विधेयकले उद्योगी र व्यापारीले अर्बौं छुट पाउने र गरिब मजदुर किसानहरू महँगीको मारमा पर्ने भन्दै संशोधन गर्नुपर्ने माग गरेका थिए ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी