June 8, 2020

भारतसँगको सीमा विवादबीच चीनको शक्ति प्रदर्शन 

जेठ २६, messenger sharing button
sharethis sharing button

भारतसँग पूर्वी लद्दाखमा जारी तनावका बीच चीनको सरकारी मिडिया भारतमाथि दबाब बनाउने प्रयास गरिरहेको छ । ग्लोबल टाइम्सले आइतबार चिनियाँ सैनिकहरुको युद्ध अभ्यासको भिडियो साझा गरेको छ । भिडियोमा चीनले सीमामा जुनै पनि समयमा सैनिक र हतियार एकीकृत गर्न सक्छ भन्ने देखाइएको छ ।

ग्लोबल टाइम्सको दाबी अनुसार चिनियाँ जनमुक्ति सेना (पीएलए) ले उत्तर–पश्चिमको उच्च क्षेत्रमा ठूलो संख्यामा युद्ध अभ्यास गरेको छ । यसमा हजारौँ प्याराट्रुपर्स र बख्तरबन्द गाडीले भाग लिएका छन् ।

ग्लोबल टाइम्सको रिपोर्टमा चीनले आवश्यकता परेमा आफ्नो सीमा सुरक्षालाई कति चाँडो मजबुत बनाउन सक्छ भन्ने देखाउने प्रयास गरिएको छ । शनिबार सीसीटीभीले पनि पीएलएको एयरफोर्सको एयरबोर्न ब्रिगेडले हुबेई प्रान्तबाट हजारौँ किलोमिटर टाढा उत्तर पश्चिममा एक अज्ञात स्थानमा युद्ध अभ्यास गरेको बताएको छ ।

Global Times

 

@globaltimesnews

 
 

Several thousand soldiers with a Chinese PLA Air Force airborne brigade took just a few hours to maneuver from Central China’s Hubei Province to northwestern, high-altitude region amid China-India border tensions. https://www.globaltimes.cn/content/1190806.shtml 

 

Embedded video

 
 

यता भारतीय रक्षा विश्लेषक नितिन गोख भन्छन्, ‘चीन एक धारणा बनाउने कोशिस गर्दैछ कि उसको सेना उच्च क्षेत्रमा पनि युद्धका लागि तयार छ ।’

यसअघि शनिबार पूर्वी लद्दाखमा देखिएको तनाव हल गर्न दुई देशका सैन्य अधिकारीहरुको बैठक बसेको थियो । आइतबार भारतको विदेश मन्त्रालयले बैठकबारे जानकारी दिँदै दुवै देश शान्तिपूर्ण तरिकाबाट विवाद समाधान गर्न तयार रहेको बताएका थिए ।

भारत र चीनबीच ३ हजार ४८८ किलोमिटर लामो लाइन अफ एक्चुअल कन्ट्रोल रहेको छ । यसमा दुई देशबीच विवाद रहेको छ । सीमा विवादकै विषयमा भारत र चीनका सैनिकबीच मे महिनामा तीन पटक झडप भइसकेको छ ।

स्रोत : दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

वीरेन्द्रनगरको ‘शैक्षिक सुधार वर्ष’ घोषणा, एआईदेखि २ करोड छात्रवृत्ति कोषसम्मका महत्वाकांक्षी योजना

सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार