
काठमाडौं – विस्फोटक पदार्थ खरिद गर्न नेपाली सेनाले अड्को थाप्दा नागढुंगा सुरुङमार्ग निर्माण कार्य प्रभावित भएको छ। सुनाचुरी इमल्सन प्लान्टबाट उत्पादित इमल्सन विस्फोटक पदार्थ प्रयोग गरी सुरुङमार्ग निर्माण गर्नुपर्ने सर्त सेनाले राखेको छ। निर्माण कम्पनी जापानको हाजमा आन्दो कर्पोरेसनले भने उक्त सर्त स्वीकार गरेको छैन।
सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले निर्माण कम्पनीले नेपाली सेनाबाट उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्ने इच्छा नदेखाउँदा सुरुङमार्ग निर्माणमा ढिलाइ भइरहेको बताए। ‘सेनाको विस्फोटक पदार्थको गुणस्तर परीक्षण भइसकेको छैन। आयोजनाको ठेक्का लगाउँदा नेपालमा विस्फोटक पदार्थ उत्पादन हुँदैनथ्यो’, प्रमुख थापाले भने, ‘अहिले सेनाले आफ्नै उत्पादन प्रयोग गर्न जोड दिइरहेको छ।’
उनका अनुसार निर्माण कम्पनी भने गुणस्तर परीक्षण प्रमाणपत्र पेस गरिए प्रयोग गर्न सकिने अडानमा छ। सेनाले भने प्रमाणपत्र पेस गर्न ध्यान दिएको छैन। सेनाले इमल्सन विस्फोटक पदार्थ आयात गर्न सहमति प्रदान नगरी आफ्नै उत्पादन बिक्री गर्न खोजिरहेको छ। कुनै पनि आयोजनाका लागि विस्फोटक आयात गर्न सेनाको स्वीकृति अनिवार्य छ। उनले निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत बढ्ने र निर्माण कम्पनीले क्षतिपूर्ति दाबी गर्न सक्ने सम्भावना हुने बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर