कतारबाट नेपाल फर्कन चाहनेले यसरी भर्नुहोस् फाराम

जेठ २३, दोहा : कोराना भाइरस कोभिड-१९ का कारण कतार आइडी वा भिसा समाप्त भएका तथा आइडी रद्द भएर रोजगारी गुमाए बार्षिक बेतनी बिदा भएको र करार अबदी सकिएर नेपाल फर्कन चाहने नेपालीहरुलाई फाराम भर्न कतार स्थित नेपाली दूताबासले आग्रह गरेको छ ।

 दूताबासले दिएको जानकारी अनुसार सुत्केरी र गर्भवती महिला तथा आफन्तको मृत्यु भइ काजकिरियाका लागि फर्कनु पर्ने, भिजिट वा बिजनेश भिसामा भएकाहरुले नेपाल फर्किन फर्ने भए फाराम नभरी दूताबासले तोकेको सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्न अनुरोध गरिएको दूताबासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।कतारबाट नेपाल फर्कनको लागि लाग्ने हवाइ उडान खर्च, होटल क्वारेन्टिन खर्च, यातायात खर्च लगायत सम्पूर्ण खर्च आफै व्यहोनु पार्ने छ भने नेपाल सरकारले नेपाल फर्कनका लागि तय गरेका शर्तहरु सबै पालना गर्नुपर्ने दूताबासले जनाएको छ ।

नेपाल फर्किनु अघि रोजगारदाताबाट नियमानुसार पाउनुपर्ने सेवासुविधा लिईसकेको हुनु पार्ने छ साथै कतारमा कुनै मुद्दा मामिला नभएको हुनुपर्ने दूताबासले जनाएको छ । दूताबासले यस अघि समस्यामा परेर नेपाल फर्किन चाहानेहरुका लागि जारी गरेको फाराम मार्फत बिहिबारसम्म ८ हजार ३ सय ५० जनाले फाराम भरिसकेको सचिव भट्टराईले बताए ।

कोरोनाको कारण समस्यामा परेर स्वदेश फर्कन पर्ने अवस्थामा रहेका नेपालीसँग स्वदेश फर्कनका लागि साथमा कोरोना जाँचको रिपोर्ट हुनेपर्ने प्रावधान भएकाले परदेशमा कोरोना कहाँ जाँच गराउने भन्नेबारे श्रमिकहरुले ब्यापक गुनासो गरेसंगै नेपाल फर्कने नेपालीको कोरोना जाँचको विकल्पबारे नेपाल सरकार र कतार सरकारका विभिन्न निकायबीच समन्वय भइरहेको र पछि जानकारी गराइने दूताबासले जनाएको छ । नेपाल जान चाहनेहरुले तलको लिंकमा क्लिक गरी अनलाईन फारम भर्नुहोला।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कर्णाली प्रदेशमा जिफन्टकाे संगठन सुदृढीकरण अभियान तीव्र

असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत

अपराधी पहुँच र दवावमा उम्कने प्रवृत्तिका विरुद्ध जिफन्टद्धारा ध्यानाकर्षण

५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले

असोज ८ र ९ मा यसरी हुँदैछ एमालेको बागमती प्रदेश अधिवेशन

काठमाडौँ, असोज ५ गते ।  नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र

क्यानडाबाट भारतीय भिसा बन्द भएको घाेषणा

ओटावा, असोज ४ गते । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा)