June 4, 2020

नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुग्यो, एकैदिन ३३४ संक्रमित थपिए

नेपालमा कुल कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ । विहीबार एकैदिन ३३४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २६ सय नाघेको हो ।

corona

विहीबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीका अनुसार विहीबारसम्म नेपालमा ८४ हजार १३४ पिसिआर परीक्षण सम्पन्न भएको छ भने १ लाख २५ हजार ५६४ आरडिटी परीक्षण गरिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार १ लाख ६१ हजार २६२ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार ३३५ जना आइसोलेसनमा रहेका छन् । विहीबारसम्म २९० जना निको भइसकेका छन् भने १० जनाको मृत्यू भएको छ ।

भारतबाट ५ दिनअघि आएका पाल्पाका ४५ वर्षीय पुरुष पाल्पाको मिसन अस्पतालमा ३ दिनअघि भर्ना भएका र उनको २० गते मृत्यु भएपछि भएको स्वाब परीक्षणबाट नतिजा पोजेटिभ आएको देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर