जेठ ७,काठमाडाैं : प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको बताए । ‘अरूमा संक्रमण हुन नपाओस् भनेर उच्च सतर्कता अपनाउने, सकेसम्म बढी परीक्षण गर्ने, बढी भरपर्दाे ढंगले परीक्षण गर्ने, क्वारेन्टाइनको व्यवस्था गर्ने, क्वारेन्टाइनलाई अझै प्रभावकारी बनाउने कामहरू गर्दै छौँ,’ उनले भने ।
बाहिरबाट आउने मानिसलाई रोक्न नसकेपछि संक्रमण फैलिनबाट रोक्न सकिने उनको भनाइ थियो । ‘कोरोना मुक्त गर्ने लक्ष्यका साथ अघि बढेको थियौँ, तर बाहिरबाट आउनेक्रमलाई रोक्न सकिएन । जनताका कारण सकिएन, जनप्रतिनिधिको दबाबका कारण पनि रोक्न सकिएन । सिमाना आएर बस्नेहरूको कारणले पनि रोक्न सकिएन । जसले गर्दा हामी भयावह स्थितितर्फ जानुपर्ने हो भन्ने स्थिति देखापरेको छ,’ उनले भने, ‘रोक्न नसक्ने स्थिति होइन । तर, कहाँबाट, कसरी सर्योे भनेर ट्रेसिङ गर्न सकेका छौँ । त्यसकारण हामी यसलाई अझै पनि कन्ट्रोल गर्न सक्दछौँ ।’
लकडाउनका कारण कोरोना संक्रमण फैलिन नपाएको उनको जिकिर थियो । ‘जब नेपालमा प्रवेश गर्यो, तब लकडाउन गर्यौँ । त्यसले गर्दा लामो समय फैलन पाएन, पछि फैलियो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसभित्रमा राजनीति गर्न खोज्ने, खेल्ने र सरकारको असफलता देखाउन खोज्ने त्यसप्रकारका प्रतिक्रियालाई छाडेर आमजनताबाट हामीले व्यापक समर्थन प्राप्त गर्यौँ । र, सफलताको साथ अघि बढ्यौँ । हाम्रो नीति तथा कार्यक्रममा कोरोनालाई महत्व दिएका छौँ । यसलाई नियन्त्रण र निर्मूल गर्न र कोरोनामुक्त नेपाल पहिलो प्राथमिकता हो ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर