किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौं,जेठ ७ : मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो ।

मोरङ बुढीगंगा गाउँपालिका–७ बडहराका १५ वर्षीया किशोरीमाथि दुई महिनाअघि ५ जनाको समूहले सामूहिक बलात्कार गरे । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुई जनाको समूहले बलात्कार गरेको आरोप छ ।

 सामूहिक बलात्कारपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए तर बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको पीडितको भनाइ छ ।

‘केटाहरुका आफन्तले गाउँमा बस्न नदिएको अवस्था छ,’ पीडित किशोरीकी आमाले भनिन्, ‘अहिले इटहरीमा कोठाभाडा गरेर बस्दै आएको छु, समस्या नै समस्या छ ।’

बलात्कृत भनेर हेप्ने गरेको र सामाजिक रुपमा बहिस्कार गरेप्रति स्थानीय अगुवाले आफ्नो पक्षमा केही काम नगरेको उनको गुनासो छ । ‘सबैले मिल्न दबाब दिए, न्याय त पाउनुपर्यो नि,’ उनले भनिन् । उनका अनुसार किशोरीको पेटमा अहिले दुई महिनाको बच्चा छ ।आजको राजधानी दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर