पूर्वमा पनि भारतले कब्जा गर्‍याे नेपाली भूमि

जेठ ०२, फिदिम : पश्चिम नेपालको लिपुलेक कब्जा गरेर सडक बनाएको भारतले पूर्वको पाँचथरमा पनि नेपाली जमिनमा आधिपत्य जमाएको छ। भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कब्जा गरेको हो।

 पछिल्लो समय सार्वजनिक भएको नक्साबमोजिम सीमा क्षेत्रको नेपाली भूमि भारतमा परेको उसको दाबी छ। एसएसबीले फालेलुङ गाउँपालिका–६ को सन्तकपुर आहालगैरी क्षेत्रको नेपाली भूमिमा आधिपत्य जमाएको छ। उक्त क्षेत्र पाँचथरको फालेलुङ, इलामको सन्दकपुर र भारतको पश्चिम बंगालसँग जोडिएको छ। ‘एसएसबीले नेपाली भूमि कब्जा गरेको छ,’ फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवन राईले भने, ‘एसएसबीसँग हामीले वार्तासमेत ग¥यौं तर हाम्रो क्षमताले भूमि फिर्ता गर्न सकिएन।’

सीमा स्तम्भभन्दा करिब ४ सय मिटर नेपालतर्फको जमिन एसएसबीले कब्जा गरेको हो। अतिक्रमित जमिनमा तीन वटा पिलर (सीमास्तम्भ) छन्। एउटा जंगे पिलर पनि छ। दुई सीमा स्तम्भबीच एउटा हटाइएको छ। जंगे पिलरभन्दा करिब ४ सय मिटर नेपालतर्फको जमिनमा एसएसबीले कब्जा जमाएको हो।नेपाली भूमि भारतले कब्जा गरेको थाहा भएपछि फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ नेतृत्वले एसएसबीसँग मंगलबार वार्ता गरेको थियो। वार्तामा माथिको निर्देशनअनुसार आफूले सीमा क्षेत्रको जमिन नियन्त्रणमा लिएको एसएसबीको कमान्ड गरिरहेका रिक्सल कुमारले बताएको राईले जानकारी दिए। ‘एसएसबीले नेपाली भूमि मिचेको हो,’ गाउँपालिका अध्यक्ष केरुङले भने, ‘हाम्रो स्तरबाट मिलाउन सम्भव भएन, यो विषयमा संघीय सरकारले गम्भीरतासाथ चासो दिनुपर्छ।’

एसएसबीले कब्जा गरेको आहाल गैरी क्षेत्रमा संग्रहालय बनाउन डिभिजन वन कार्यालय पाँचथरले बन उभोक्ता समितिलाई १० लाख रुपैयाँ उपलब्ध गराएको थियो। सन्दकपुर आहालगैरी कबुलियती वन उपभोक्ता समितिले संग्रहालय बनाउने काम सुरु गर्न लाग्दा एसएसबीले अवरोध गरेको हो। ‘संग्रहालय निर्माण सुरु गरेपछि एसएसबीले यो जमिन भारतमा पर्छ भन्दै अवरोध गरे,’ स्थानीय शिल्प राईले भने, ‘उक्त क्षेत्रमा करिब सय हाराहारीमा एसएसबी तैनाथ छन्।’

वन उपभोक्ता समितिले वैशाख २४ गतेदेखि सुरु निर्माण कार्य २६ गते एसएसबीले अवरोध गरेको हो। उक्त क्षेत्र एसएसबीले नियन्त्रणमा लिएको छ। एसएसबीले नियन्त्रणमा लिएको जमिनमा नेपाली नागरिकले एउटा होटल र एउटा गोठ सञ्चालन गरेका छन्। गोठ र होटल पनि उसकै नियन्त्रणमा छन्। उक्त स्थानमा पिंकी शेर्पाले होटल र पेम्बा छिरिङले गोठ सञ्चालन गरेका थिए।

सीमा क्षेत्रमा एसएसबीले अवरोध गरेको खबर सुनेपछि समाधानका लागि आफूले पहल थालेको प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताए। ‘वास्तविकता बुझ्न टोली खटाइएको छ,’ प्रजिअ शर्माले भने, ‘डिभिजन वन कार्यालयको टोली बुधबार सीमा क्षेत्रतर्फ पठाइएको हो। वन कार्यालयको टोलीले ल्याएको प्रतिवेदनका आधारमा प्रशासनका काम थाल्ने शर्माको भनाइ छ। भीमकुमार बाँस्कोटाले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर