May 12, 2020

भुल्केमा एकै परिवारका पाँच कोरोना सङ्क्रमित

नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन्।

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पहिलो चरणमा नै २८ जना कोरोना सङ्क्रमित देखिएको भुल्केमा एउटै घरका ६८ वर्षीया हजुरआमा, १८ वर्षीया नातिनी र ३८ वर्षीय ज्वाइँ कोरोना सङ्क्रमित भएका थिए। गत शनिबार थप चार जनामा पुनः कोरोना सङ्क्रमण देखिएपछि ती चारमध्ये दुई जना एउटै घरका ४५ वर्षीय श्रीमान् र ४३ वर्षीया श्रीमती रहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ।

अहिलेसम्ममा नेपालकै सबैभन्दा बढी ३२ जनामा कोरोना सङ्क्रमण देखिएको भुल्केको ५५ घर मुस्लिम परिवारमध्ये दुई÷तीन घरका सङ्क्रमित एउटै घरका रहेको कार्यालयले बताएको छ।

हालसम्ममा भुल्केमा ३२ सङ्क्रमितमध्ये छ भारतीय जमाती, आठ भुल्केका स्थानीय नागरिक गरेर १४ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी २२ जनाको कोशी अस्पताल कोरोना उपचार केन्द्र विराटनगरमा उपचार भइरहेको छ।

मुस्लिम परिवार र ३०० घर अन्य समुदाय रहेको भुल्केमा अहिलेसम्म ५५ मुस्लिम घरबाहेक अन्य समुदायमा भने कोरोना सङ्क्रमण पुष्टि नभएको कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर