May 12, 2020

कोरोना संक्रमणको उच्च जोखिममा उपत्यका

सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ। भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि, ग्याँस, पेट्रोलियम पदार्थलगायत सामग्री बोक्ने सवारीसाधनबाटै उपत्यकामा संक्रमण फैलन सक्ने त्रास बढेको हो। यो समाचार आजको नागरिक दैनिकमा छ । 

ट्राफिक प्रहरीको तथ्यांकअनुसार उपत्यकामा दैनिक एक हजार हाराहारीमा मालवाहक सवारीसाधन प्रवेश गर्छन्। ती सवारीमा कम्तीमा पनि तीन÷तीनजना ओहोरदोहोर गर्दा पनि उपत्यका प्रवेश गर्नेको संख्या तीन हजार पुग्छ। एकजना चालक, सहचालक र सहयोगी भनेर तीनजना मालवाहक सवारीमा उपत्यका प्रवेश गर्ने गरेको प्रहरी तथ्यांकले नै बताउँछ। तर सम्बन्धित डिपोहरूमा सामाना झारेपछि ती चालक र सहचालक कहाँ बस्छन् र कहाँ खान्छन् भन्नेबारे सरकारी निकाय नै जानकार छैन। 

सरकारले उनीहरूलाई सुरक्षित राख्न कुनै व्यवस्था नगर्दा भारतबाट नेपालसम्म सामान ढुवानी गर्ने चालकहरूबाटै कोरोना सर्ने हो कि भन्ने डर बढेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए। उनका अनुसार सरकारले उनीहरूलाई खानेबस्ने र फर्कने नियम नतोकिदिँदा कति दिन बस्छन् भन्ने अनुमान गर्न मुस्किल परेको छ। थानकोट नाकामा उनीहरूलाई कडाइ गरेरे सबैखाले रेकर्ड प्रहरीले राखेको छ। तर त्यतिले मात्रै पर्याप्त देखिँदैन। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर