May 10, 2020

निर्माण सामग्री ढुवानीमा अवरोधै अवरोध

निर्माण सम्पन्न हुनै लागेको आयोजनामा अत्यावश्यक निर्माण सामग्री तथा कच्चा पदार्थ ढुवानी हुन नसक्दा निर्माणको काम रोकिएको भन्दै जलविद्युत् प्रवद्र्धकले सामान ढुवानीको वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेका छन् । 

असारभित्रै सम्पन्न हुने लक्ष्य लिएका दर्जनौँ जलविद्युत् आयोजनाको काम बन्दाबन्दीका बेला पूर्ण रूपले ठप्प भएपछि जलविद्युत् प्रवद्र्धकले आन्तरिक ढुवानीे व्यवस्था मिलाइदिन सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

जलविद्युत्मा निजी क्षेत्रका प्रवद्र्धकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले भने, बन्दाबन्दीका बेला सङ्घीय सरकारले भारतमा रोकिएका मालवाहक सवारीसाधन नेपाल भित्र्याउन कोसिस गरे पनि देशभित्रैका प्रदेश सरकार र स्थानीय तह भने जलविद्युत् आयोजनाका लागि चाहिने अत्यावश्यक सामान तथा कच्चा पदार्थ ढुवानीमा बाधा पु¥याइरहेका छन् । 

तेस्रो मुलुक तथा भारतबाट आयात गर्नुपर्ने उपकरण ल्याउन नसक्दा अधिकांश जलविद्युत् आयोजनाका काम प्रभावित भइरहेका बेला नेपालभित्रै पाउने सिमेन्ट, छड, गिट्टी, ढुङ्गा, बालुवाको ढुवानीमा समेत सरकारपिच्छे रोक लगाइँदा आउँदो असारसम्म सम्पन्न भइसक्ने आयोजना छ महिना पर धकेलिने अवस्था आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर