May 7, 2020

यातायात क्षेत्रमा छुटको माग

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बन्दाबन्दीका कारण यातायात व्यवसायीहरू बढी मर्कामा परेको भन्दै राहतका लागि पहल गरिने बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

बिहीबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिहरूलाई उनले सो कुरा बताएका हुन् ।

मन्त्री नेम्वाङले यातायात क्षेत्र बढी नै प्रभावित भएकाले व्यवसायीहरूको मागप्रति पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बन्दाबन्दी खुलेपछि पनि सार्वजनिक यातायात कसरी व्यवस्थित गरेर सञ्चालन गर्ने भन्ने कुरा चुनौतीपूर्ण रहेको उनको भनाइ छ । 

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अति प्रभावित भएका यातायात व्यवसायीहरूले भने राहत प्याकेजको माग गरेका छन् । महासङ्घले लकडाउनका कारण दुई लाख ५५ हजार सार्वजनिक सवारीसाधन सञ्चालन नहुँदा मजदुर, सवारीधनी र आश्रित परिवारसहित ४२ लाख जनसङ्ख्या प्रभावित भएको जनाएको छ । सवारी सञ्चालन गर्न नपाउँदा बैङ्क किस्ता र ब्याज तिर्न नसकेको भन्दै सुविधाको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर