May 4, 2020

सचिव फेरबदल हुने क्रम बढ्दै

नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा रहेका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने भएका छन् । कोही उमेर हद र कोही सचिवको पाँच वर्षे सेवा अवधि पूरा गरी सेवा निवृत्त हुने अवस्थामा पुगेका हुन् । यसै क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहाल १९ वैशाखदेखि सेवानिवृत्त भएका छन् ।  यो समाचार आजको राजधानी दैनिकमा छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव डिल्ली घिमिरे, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव राजीव गौतम र प्रधानमन्त्री कार्यालयका नारायण बिडारी छिट्टै सेवानिवृत्त हुने क्रममा छन् ।

सञ्चार सचिव सुवेदी यही १ जेठदेखि सेवानिवृत्त हुने भएका छन् । यसैगरी, श्रम सचिव विनोद केसी आगामी १२ जेठमा सेवानिवृत्त हुने भएका छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव घिमिरे १५ जेठमा सेवानिवृत्त हुनेछन् ।

यस्तै, कानुन मन्त्रालयका सचिव गौतम २६ जेठदेखि सेवा निवृत्त हुनेछन् । एक महिनाको अवधिमा दाहालसहित ६ जना सचिव रिक्त हुने भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रियासमेत थाल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर