May 3, 2020

जोरपाटी–सुन्दरीजल सडक विस्तार सुरू

कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तार सुरु गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

काठमाडौँ उपत्यकाकै साँघुरो सडकमध्ये एक उक्त सडकको विस्तारका लागि ठेक्कापट्टाको काम सम्पन्न गरी ढलको पाइप बिछ्याउने र सडक क्षेत्रमा परेका रूख कटानको काम सुरु भइसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कुल लम्बाइ सात किलोमिटर रहेको सो सडक खण्डको विस्तारका लागि दुईवटा ठेक्कामा काम भइरहेका छन् । कुल लागत ६० करोड रुपियाँमा उक्त सडक खण्डको विस्तार गरिनेछ । उक्त सडक विस्तारको जिम्मा आशिष/सीएम (जेभी)ले पाएका छन् ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले विगत लामो समयदेखि सवारी जामको समस्या भोग्दै आएको जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तारका लागि ठेक्कापट्टा सम्पन्न भई काम सुरु भइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर