May 1, 2020

विकास खर्च ५० प्रतिशत पनि नहुने

विकास आयोजनाका गतिविधि तीव्र हुने समयमै यसपटक मुलुक बन्दाबन्दी (लकडाउन) मा परेपछि विकास (पुँजीगत) खर्च ५० प्रतिशत पनि नहुने देखिएको छ। नेपालमा विकास आयोजनाहरुमा काम हुने समय मंसिरदेखि जेठसम्म हो। आजको नागरिक दैनिकमा समाचार छ ।

सरकारले वैशाख १५ सम्म चालु आर्थिक वर्षको विकास बजेट २७.९ प्रतिशतमात्र खर्च गरेको छ। काम गर्ने समय डेढ महिनामात्र बाँकी रहेका बेला यो वर्ष विकास खर्च लक्ष्यको ५० प्रतिशत पनि नपुग्ने देखिएको हो। 

चालु आर्थिक वर्ष सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको थियो। वैशाख १५ सम्ममा एक खर्ब १० अर्ब रुपैयाँमात्र खर्च भएको छ। अघिल्ला वर्षहरुमा वैशाखसम्म आउँदा कम्तीमा लक्ष्यको ४० प्रतिशतभन्दा माथि नै खर्च हुने गरेको थियो।

विकास खर्च ५० प्रतिशत पुग्न पनि अबका बाँकी दिनमा औसतमा सवा अर्ब रुपैयाँका दरले खर्च गर्नुपर्ने हुन्छ। अहिले सरकारले दैनिक औसत खर्च ४० करोड रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर