April 30, 2020

बन्दाबन्दीमै झोलुङ्गे पुल निर्माण, संसारकै लामो भएको दाबी

बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण धेरै आयोजना निर्माणको काम ठप्प भए पनि निर्माण स्थललाई पूर्ण रूपमा बन्द गरेर काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । बागलुङतर्फको क्षेत्रमा पर्खालयुक्त पार्क रहेकाले त्यसलाई पूर्ण रूपमा बन्द गरेर कामदारको सुरक्षासहित निर्माणको कामलाई अगाडि बढाइएको थियो ।

रङ्गीचङ्गी बत्ती जडान गरिने उक्त पुल विसं २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी २०७५ चैतमा निर्माण सुरु गरिएको थियो । अहिले भौतिक निर्माणको काम सकिएको र पुलको दायाँबायाँ विभिन्न रङका बत्ती जडानका लागि वायरिङको काम भइरहेको थानी/बीएलटी/हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए ।

पुल निर्माणका लागि आवश्यक पर्ने सामग्री पहिले नै राखिएको र कामदारसमेत रहेकाले बन्दाबन्दीका बेला पनि निर्माण नरोकी काम सकेर हस्तान्तरण गर्ने तयारी गरिएकोमा बन्दाबन्दीका कारण रोकिएको खड्काले बताए । बागलुङको बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्न कालीगण्डकी नदीमाथि निर्माण गरिएको उक्त पुल करिब नौ करोड २५ लाख रुपियाँमा सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँ ठेक्का व्यवस्थापन शाखाका इन्जिनियर सागरराम नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर