सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै जाँदा शीर्ष नेताहरु आफू पक्षधर सांसदलाई आफ्नै पक्षमा टिकाइराख्ने कसरतमा जुटेका छन्। नागरिक दैनिकमा खबर छ ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल आफू पक्षका सांसदलाई जोगाउने कसरतमा लागेका हुन्। दुई दिनसम्म नेपाल समूहसँग भएको छलफलमा कुरा नमिलेपछि तीन नेता आआफ्ना सांसद जोगाउन लागेका हुन्।
ओलीले नेपालसँग पाँचवटा प्रस्ताव राखेर उनलाई मनाउने प्रयास गरेका थिए। नेपाल समूहले प्रस्ताव अस्वीकार गरेपछि ओली पक्षले बालुवाटारमा आफूपक्षका सांसदको भेला गरेको छ।
यसबाट झस्किएका दाहाल र नेपाल पनि आफ्ना पक्षका सांसदसँग सम्पर्कमा छन्।
ओलीले नेपाल पक्षसँग पार्टी सचिवालयमा हेरफेर गरी १५ सदस्यीय बनाउने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने, वामदेव गौतमलाई सांसद बनाउने, मुख्यमन्त्री हेरफेर गर्ने र महाधिवेशनबाट नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव राखेको थियो। तर नेपाल पक्षले उधारो प्रस्ताव अमान्य हुने र विधि तथा प्रक्रिया मिचेर ल्याइने प्रस्ताव स्वीकार्य नहुने जवाफ दिएका थिए।
नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले नेपाल र ओली मिल्ने कुरा मात्रै समाधान नभएकाले त्यस्ता प्रस्तावको कुनै अर्थ नभएको बताए।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर