सर्वसाधारणले विरोधमा लेख्दा वा बोल्दा पाँच वर्ष जेल सजाय सुनाउन हतार गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको छ। यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटा, मेडिकल सामग्री खरिदमा अनियमितता गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अपहरणकारीको आरोप लागेका सांसदद्वय महेश बस्ने, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालको सरकारले पूर्ण बचाउँ गर्दै आएको छ। यसबाहेक सरकारले आफ्नातर्फबाट भएका कयौं कमीकमजोरीको ढाकछोप गर्दै आएको छ।
सर्वसाधारणलाई भने सरकारले सामान्य गल्तीमा पनि पक्राउ गर्दै आएको छ। पूर्वसचिव भीम उपाध्याय ६ दिन प्रहरी हिरासतमा बसेर सोमबार रिहा भएका छन्। त्यस्तै, राहत वितरण र सरकारको आलोचना गरेको भन्दै सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही ललितपुर प्रहरीको हिरासतमा छन्। उनीसँगै राहत बाँड्न हिँडेका अर्का शक्तिबहादुर शाही पनि प्रहरी हिरासतमा छन्।
झन्डै दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीका लागि किनिएको १६ करोडको गाडीको विषयमा लेख्दा सोनमकुमार सुनारले पाँच वर्ष जेल सजाय पाए। उनी अहिले केन्द्रीय कारागार सुन्धारामा छन्।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर