कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले बन्दाबन्दीसँगै रोकिएको कर्णाली करिडोरको निर्माण कार्य पुनः सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको कर्णाली करिडोरको काम निर्धारित समयमा सम्पन्न गर्न निर्माण कार्य अगाडि बढाएको नेपाली सेनाले जानकारी दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावतले लेखेका छन् ।

‘‘कोरोना त्रासका कारण बन्दाबन्दी हँुदा करिब एक महिना अघिदेखि बन्द रहेको करिडोरको काम पुनः सुरु भएको छ’’, कर्णाली करिडोर सडक निर्माण कार्य दलका आयोजना प्रमुख इन्जिनियर एवं सेनानी मिलन कार्कीले भने ।
रोकिएको काम सुचारु भएको भन्दै ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले खुसी व्यक्त गरे । ‘‘अब करिडोरको कवाडीदेखि सलिसल्ला खण्डको काम निर्धा्रित मितिमा सम्पन्न हुने आशा पलायो’’, उनले खुसी हुुँदै भने ।
नेपाली सेनाले काम अगाडि बढाउन कामदार पठाउन गाउँपालिकासँग सहयोग मागेको र त्यही अनुसार गाउँपालिकाले कामदार पठाएको उनले बताए ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर