April 27, 2020

अनलाइन पढाइ गर्न कठिन

त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागले अनलाइन प्रविधिबाट विद्यार्थीलाई पढाउन थालेका छन् । कोरोना भाइरस  (कोभिड–१९) को सङ्क्रमणले विश्वविद्यालयको नियमित कक्षा सञ्चालन गर्न केही विलम्ब हुने देखिएपछि अनलाइन प्रविधिबाट अध्यापन जोडिएको हो तर अनलाइन अध्यापन त्यति सहज भने देखिन सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले स्नातकोत्तर तह अध्यापन गराउने क्याम्पसमा अध्यापन सुरु भएको जानकारी दिए । यसका साथै विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सामुदायिक क्याम्पसले पनि अनलाइन प्रविधिबाट पढाइ सुरु गरेको जानकारी आफूले पाएको उनले बताए । यसअघि विश्वविद्यालयका केन्द्रीय विभागले पनि अनलाइन प्रविधिबाट विद्यार्थीको पठनपाठन सुरु गरेका थिए ।

विश्वविद्यालयले अनलाइनबाट विद्यार्थीलाई पठनपाठनमा जोडे पनि स्नातक तह तथा धेरै विषय पढाउने बहुमुखी क्याम्पसमा भने पढाउन समस्या देखिएको पदाधिकारीको भनाइ छ । मानविकी, शिक्षा शास्त्र र व्यवस्थापन सङ्कायमा स्नातक तहमा कक्षा लिन समस्या भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर