April 25, 2020

लकडाउनमा बढी मूल्य लिनेलाई जरिवाना

सरकारले अतिआवश्यकीय वस्तुको आपूर्ति सहज गराउने भने पनि पछिल्लो समय दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी केही व्यापारीले मनपरी मूल्यमा बिक्री गरेको भन्दै उपभोक्ता अधिकारकर्मीले विरोध गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

बजारमा सरकारी अनुगमनकारी निकायको उपस्थिति कम रहँदा लकडाउनको अवसर छोपी व्यापारीले उपभोक्तालाई बढी मूल्य असुलेको उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाको दाबी छ ।

यता बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने लकडाउनका बेलामा दैनिक उपभोग्य सामान खरिदमा उपभोक्तामाथि हुनसक्ने ठगीलाई ध्यानमा राखेर अनुगमन तीव्र पारेको जनाएको छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अप्ठ्यारो अवस्थामा बजारमा उपभोक्तामाथि पर्नेसक्ने ठगीका विषयमा केन्द्रित भएर अनुगमन तीव्र पारिएको दाबी गरे । उनले लकडाउनमा एमआरपी मूल्यभन्दा बढी लिने केही व्यापारी फार्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तथा कारबाही गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर