April 24, 2020

भुल्केमा कसरी संक्रमण फैलियो ? तीन दिनभित्र खुलासा हुने

एकैचोटी दर्जन बढीमा संक्रमण भेटिएपछि ठाडा कान पारेका नगरपालिका, प्रशासन, स्वास्थ्य र जिल्ला कोभिड प्रतिकार समितिले भोलिपल्टै मस्जिद आसपासका भुल्केबासीको स्वास्थ्य परीक्षणको माग गरे अनुसार प्रदेश सरकारले टोली पठायो। यो समाचार आजको नागरिक दैनिकमा  महेश्वर चामलिङ राईले लेखेका छन् । 

सरुवा रोग विशेषज्ञ डा. जयवेन्द्र यादव नेतृत्वको स्वास्थ्य टोलीले ६ गते मस्जिद आउजाउ गर्ने तथा संक्रमित धर्म प्रचारकसँग भेटघाट गर्ने ६० मुस्लिमसहित ६९ को ‘स्याम्पलिङ’ स्वाव संकलन गरी लग्यो। ३ दिनपछि संक्रमणको आशंका गरिएका थप ८ जनालाई ‘रिकन्फर्म’ गर्नुपर्ने भनेपछि एम्बुलेन्समार्फत उनीहरुलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठायो। त्यहाँ उनीहरुमा संक्रमण पुष्टि भयो।

संक्रमितहरु सुरुमा मस्जिदमा भेटिए पनि पछिल्लो नतिजाले संक्रमण कोबाट कसरी सुरु भयो भन्ने विषयमा अहिले माथापच्ची चलिरहेको छ ।

मस्जिदका धर्म प्रचारकबाट नभएर संक्रमण उनीहरुबाट भएको अनुमान लगाउने प्रसस्तै भए पनि भारतीयको उदयपुर ‘प्रवेश विन्दु’ शिवाईको रिपोर्ट नआएसम्म भन्न नसकिने जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगर बताउँछन्। धर्म प्रचारकको ट्राभल हिस्ट्रीदेखि ‘कन्ट्याक्ट ट्रेसिङ’ सम्म अग्रमोर्चामा खटेका एसपी मगरका अनुसार बढीमा ३ दिनभित्र यो कुराको खुलासा भईसक्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर