April 12, 2020

नेपालको इन्टरनेट गुणस्तरमा सुधार, बढ्यो मोबाइल इन्टरनेटको गति

बन्दाबन्दीका कारण ब्यान्डविथ खपत बढ्दा पनि मोबाइल इन्टरनेटको गति (स्पिड)मा भने चाप नपरेको पाइएको छ । अझ अचम्मलाग्दो त के छ भने बन्दाबन्दीकै अवधिमा पनि नेपालको मोबाइल इन्टरनेटको गतिमा थप सुधार देखिएको छ । त्यस्तो सुधारले विश्वव्यापी इन्टरनेट गतिको सूचकमा नेपाल नौ स्थानले फड्को मार्दै ११७औँ स्थानमा पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

इन्टरनेटको विश्वव्यापी गति मापन र विश्लेषणमा चर्चित ओक्लाले सार्वजनिक गरेको मार्चको तथ्याङ्कअनुसार नेपालको मोबाइल इन्टरनेटको औसत डाउनलोड स्पिड १४.२२ एमबीपीएस छ । त्यस्तै अपलोड स्पिड भने ८.४८ एमबीपीएस छ । इन्टनरेट स्पिडमा विश्वव्यापी सूचकमा नेपालले सुधार गरे पनि डाउनलोड र अपलोड स्पिड विश्वव्यापी औसतभन्दा भने निकै कम छ ।

ओक्लाका अनुसार मार्चको विश्वव्यापी डाउनलोड स्पिड ३०.४७ एमबीपीएस छ भने अपलोड स्पिड १०.७३ एमबीपीएस छ । मोबाइल इन्टरनेटमा नेपालको सुधार पछाडि खासगरी तीनवटा कारण हुनसक्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी बताउँछन् । 

उनका अनुसार बन्दाबन्दीपछि फ्रिक्वेन्सीको प्रयोग बढाएको, कोर नेटवर्कको स्तरोन्नति र सेवा विस्तारले मोबाइल इन्टरनेटको गुणस्तर सुध्रिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा अहिले एक करोड ६३ लाखले मोबाइलबाट इन्टरनेट प्रयोग गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर