अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)कोे नयाँ प्रतिवेदनमा जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिवेदनमा यस अवधिमा खाडी क्षेत्रमा ८.१ प्रतिशत अर्थात् ५० लाख व्यक्तिले पूर्णकालीन रोजगारी गुमाउने उल्लेख गरिएको छ । यसपछि युरोपमा ७.८ प्रतिशत अर्थात् एक करोड २० लाख पूर्णकालीन श्रमिक बराबर र एसिया तथा प्यासेफिक क्षेत्रमा ७.२ प्रतिशत अर्थात एक अर्ब २५ करोड व्यक्तिले पूर्ण समय काम गर्ने बराबरको रोजगारी गुम्ने अवस्था रहेको पनि सोही प्रतिवेदनमा उल्लेख छ ।
रोजगारी गुम्नेमा धेरै प्रतिशत खाडी क्षेत्रमा भए पनि सङ्ख्याका हिसाबले भने एसिया तथा प्यासेफिक क्षेत्र अगाडि देखिएका छन् । कोभिड १९ का कारण रोजगारको क्षेत्रमा विनाशकारी क्षति हुने भन्दै आईएलओले विश्वव्यापी रूपमा यस अगाडिको तुलनामा ६.७ प्रतिशत कार्यसमय बराबरको रोजगारी घट्ने पूर्वानुमान गरेको हो । यो भनेको एक अर्ब ९५ करोड व्यक्तिको पूर्णकालीन काम बराबर हुने आईएलओको निष्कर्ष छ । प्रतिवेदनअनुसार विशेषगरी सेवा तथा खाद्य उत्पादन क्षेत्र, उद्योगलगायतका क्षेत्रमा बढी रोजगारी गुम्नेछ ।
हाल कोभिड १९ का कारण विश्वका ८१ प्रतिशत व्यक्ति पूर्ण समय वा आंशिक समय काम गर्नबाट वञ्चित छन् । यो विश्वको कुल श्रम शक्तिमध्ये ३.३ प्रतिशत हो ।
यसअघि आईएलओले कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण विश्वभर २५ करोड श्रमिकले रोजगारी गुमाउने प्रारम्भिक अनुमान गरेको थियो ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर