April 10, 2020

कोरोनाका कारण पौने दुई करोडको रोजगारी गुम्ने

 

चैत्र २८, काठमाडौं – अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)कोे नयाँ प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनमा यस अवधिमा खाडी क्षेत्रमा ८.१ प्रतिशत अर्थात् ५० लाख व्यक्तिले पूर्णकालीन रोजगारी गुमाउने उल्लेख गरिएको छ । यसपछि युरोपमा ७.८ प्रतिशत अर्थात् एक करोड २० लाख पूर्णकालीन श्रमिक बराबर र एसिया तथा प्यासेफिक क्षेत्रमा ७.२ प्रतिशत अर्थात एक अर्ब २५ करोड व्यक्तिले पूर्ण समय काम गर्ने बराबरको रोजगारी गुम्ने अवस्था रहेको पनि सोही प्रतिवेदनमा उल्लेख छ ।

रोजगारी गुम्नेमा धेरै प्रतिशत खाडी क्षेत्रमा भए पनि सङ्ख्याका हिसाबले भने एसिया तथा प्यासेफिक क्षेत्र अगाडि देखिएका छन् । कोभिड १९ का कारण रोजगारको क्षेत्रमा विनाशकारी क्षति हुने भन्दै आईएलओले विश्वव्यापी रूपमा यस अगाडिको तुलनामा ६.७ प्रतिशत कार्यसमय बराबरको रोजगारी घट्ने पूर्वानुमान गरेको हो । यो भनेको एक अर्ब ९५ करोड व्यक्तिको पूर्णकालीन काम बराबर हुने आईएलओको निष्कर्ष छ । प्रतिवेदनअनुसार विशेषगरी सेवा तथा खाद्य उत्पादन क्षेत्र, उद्योगलगायतका क्षेत्रमा बढी रोजगारी गुम्नेछ । 

हाल कोभिड १९ का कारण विश्वका ८१ प्रतिशत व्यक्ति पूर्ण समय वा आंशिक समय काम गर्नबाट वञ्चित छन् । यो विश्वको कुल श्रम शक्तिमध्ये ३.३ प्रतिशत हो ।

यसअघि आईएलओले कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण विश्वभर २५ करोड श्रमिकले रोजगारी गुमाउने प्रारम्भिक अनुमान गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू