‘लकडाउन’ उलंघन गर्नेलाई भारतमा उठबस, पाकिस्तानमा भाले बनाइयो (भिडीयो)

कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण विश्वभर बढ्दै जाँदा भारत, पाकिस्तान र नेपाल लगायतका दक्षिण एसियाली राष्ट्रले लकडाउनको नीति अबलम्ब गरेका छन्।

ea079c87181117b9f63d0f569280cd15_w1000_h500_cp
भारत र पाकिस्तानका मुख्य–मुख्य शहरहरु ठप्प पारिँदा नेपाल पुरै ठप्प पारिएको छ।यसबीचमा भारत र पाकिस्तानमा लकडाउनका बेला घरबाट बाहिर सडकमा निस्किएका मानिसलाई सजाय दिइएको छ।

पाकिस्तानको कराची शहर हाल लकडाउन गरिएको छ। उक्त शहरमा लकडाउनको नियम पालना नगर्ने मानिसहरुलाई भाले बनाएर सजाय दिइएको छ।

यस्तै भारतमा दिल्लीसहित मुख्य शहरहरुमा लकडाउनको नियम पालना नगर्नेलाई उठबस गरेर घर फर्किन भनिएको छ।

भारत र पाकिस्तानले लकडाउन उल्लंघन गर्नेलाई दिएको सजाय यतिबेला सामाजिक सन्जालमा भाइरल बनेको छ। उक्त घटनाको फोटो र भिडियो सार्वजनिक भएका छन्।

हालसम्म भारतमा ५११ कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ १० जनाको मृत्यु भइसकेको छ। पाकिस्तानमा ९०८ कोरोना भाइरसका कारण बिरामी परेका छन्। त्यहाँ ७ जनाको मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा