कोरोनाका कारण ५० करोड विद्यार्थी शिक्षाबाट वञ्चित, ५६ देशमा शैक्षिक संस्था बन्द

 चैत्र ०४, काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ५० करोड विद्यार्थी विद्यालय वा विश्वविद्यालय जानबाट वञ्चित भएको संयुक्त राष्ट्र संघीय एजेन्सीले युनेस्कोले जनाएको छ 

भाइरस संक्रमण नफैलियोस् भनेर विश्वका कम्तीमा ५६ राष्ट्रले राष्ट्रव्यापी रूपमा र १७ राष्ट्रले स्थानीय रूपमा शैक्षिक संस्था बन्द गरेका कारण करोडौं विद्यार्थी शिक्षाबाट वञ्चित भएको युनिसेफले सोमबार बताएको हो। ‘एकै समयमा एउटै समस्याका कारण विश्वका अधिकांश राष्ट्र प्रभावित भएकाले हामीले असहज परिस्थितिको सामना गरिरहेका छौं,’ शिक्षाका लागि युनेस्कोकी उपमहानिर्देशक स्टेफानिया गियान्निनीले बताइन्। ‘हामीले वर्तमान परिस्थितिले सिर्जना गरेको शैक्षिक अवस्थाको विषयमा मात्र हैन, शैक्षिक प्रणालीमा लामो समयदेखिको समस्याका बारेमा पनि मिलेर काम गर्नुपर्ने भएको छ,’ उनले भनिन्।

युनेस्कोले गत साता कोरोना महामारीका कारण प्रत्येक पाँचमध्ये एक विद्यार्थी विद्यालयबाहिरै रहेको बताएको थियो। उसलै चारमध्ये एक विद्यार्थी विश्वविद्यालय शिक्षाबाट वञ्चित रहेको तथ्यांक पनि सार्वजनिक गरेको थियो। युनेस्कोले गत साता यस्तो विवरण सार्वजनिक गर्दा विश्वका मात्र १५ राष्ट्रले देशव्यापी र १४ राष्ट्रले क्षेत्रीय रूपमा शैक्षिक संस्था बन्द गरेका थिए। त्यसबेला मात्र ३६ करोड ३० लाख विद्यार्थी विद्यालयबाहिर थिए।

युनेस्कोले कोभिड–१९ प्रभावित राष्ट्रसँग मिलेर सिकाइमा निरन्तरता दिन ‘उच्च प्रविधि, कम प्रविधि वा प्रविधिविहीन समाधान विधि’ बारे छलफल गरिरहेको बताएको छ। सोमबार साँझसम्ममा विश्वका १ सय ४६ राष्ट्रमा कोभिड–१९ संक्रमित पुष्टि भएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ। उसका अनुसार विश्वभर १ लाख ६४ हजार ८ सय ३७ जना संक्रमित भेटिएका छन् भने मृतक संख्या ६ हजार ४ सय ७० पुगेको छ। सबैभन्दा बढी चीनमा ८१ हजार ७७ जना संक्रमित र ३ हजार २ सय १८ मृतक छन्।

चीनपछि इटालीमा २४ हजार ७ सय ४७ संक्रमित र मृतक १ हजार ८ सय ९ पुगेको छ। इरानमा १३ हजार ९८३ संक्रमित र ७ सय २४ मृत्यु भएको छ भने स्पेनमा ७ हजार ७ सय ५३ संक्रमित र २ सय ८८ को मृत्यु भएको छ। कान्तिपुर दैनिकमा खबर रहेकाे छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर