कोरोना भाइरसका कारण चिनियाँ चलचित्र उद्योगले १० अर्ब डलरभन्दा बढी घाटा व्यहोरिसकेको छ । बलिउड, हलिउड र नेपाली चलचित्र उद्योगमा पनि यसको असर शुरू भएको छ । नेपाली चलचित्र हलमा सुरक्षा सतर्कता अपनाउँदै दर्शकका लागि सेनेटाइजर, ह्याण्ड वासको व्यवस्था गरिएको छ ।
गोपीकृष्ण हलका संचालक निरक पौडेलले कोरोनाको प्रभाव चलचत्रि हलमा नदेखिएको दाबी गरे ।
उनले कोरोनाका कारण चलचित्र घाटामा गएको हल्ला सुनिन्छ तर हाम्रो हलमा दर्शकको उपस्थिति उत्तिकै रहेको बताए । दर्शकको सुरक्षामा ध्यान दिँदै हालको सफाइमा जोड दिएको उनले बताए ।
उनले हालको सुरक्षामा ध्यान दिँदै मास्क र सेनेटाइजर दर्शकलाई उपलब्ध गराइरहेको बताउँदै भने, ‘अधिकांश दर्शक कोरोनाबारे आफैं सचेत हुनुहुन्छ ।’
सरकारले औपचारिक रूपमा सभा सम्मेलन नगर्न, अत्यावश्यक नभई घरबाट बाहिर नजानसमेत नागरिकलाई आग्रह गरेको छ । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले हलमा दर्शकको छाप कम नभएको दाबी गरे ।
उनले हलमा सचेतनाका सूचना प्रसारण गर्ने, मास्क प्रयोग गर्न अनुरोध गर्ने, हल सफा राख्न र किटाणुरहित बनाउन पहल गर्ने बताएको आजको गोरखापत्रमा समाचार छ ।
उनले चलचित्र घर बन्द गर्नुपर्ने अवस्था आएमा नेपाली चलचित्रले ठूलो क्षति व्यहोर्नुपर्ने बताए । नेपालका झन्डै १ सय ५० को हाराहारीमा चलचित्र घर संचालनमा छन् । नेपाल चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालले ओरोना सचेतनाका लागि सरकारसँग सहकार्य गर्न सकिने बताए ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर