संसारभर स्वास्थ्य सामग्रीको अभाव, विश्व बैंकद्वारा १२ बिलियन डलरको सहयोग

एजेन्सी, २१ फागुन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारभर स्वास्थ्य सामग्रीको अभाव हुन सक्ने चेतावनी दिएको छ । तीव्र रुपमा कोरोना भाइरस फैलिइरहेका बेला डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।the-world-bank-1210x642-360x260

मंगलबार डब्लुएचओले मास्कसहित विभिन्न स्वास्थ्य सामग्रीको अभाव हुन सक्ने बताएको छ । साथै व्यापारीहरूले स्वास्थ्य सामग्रीको मूल्य बढाउन सक्नेप्रति सबै सजग हुनुपर्ने डब्लुएचओको भनाइ छ ।

विश्वभर कोरोना भाइरस तीव्र रुपमा फैलिइरहेको बेला डब्लुएचओले एकातिर स्वास्थ्य सामग्रीको अभाव हुन सक्ने र अर्कोतिर मूल्य बढ्न सक्ने बताएको हो । स्वास्थ्य सामग्री उत्पादन गर्ने कम्पनी तथा मुलुकहरुलाई ४० प्रतिशतले उत्पादन वृद्धि गर्न पनि डब्लुएचओले आग्रह गरेको छ ।

यता मंगलबार अमेरिकाको फेडेरल रिजर्भ बैंकले विश्वव्यापी आर्थिक मन्दी रोक्न भन्दै ब्याजदरमा कटौती गरेको छ । त्यस्तै कोरोना भाइरससँग जुध्नका लागि विश्वबैंकले १२ बिलियन डलर उपलब्ध गराउने घोषणा गरेको छ ।

संसारभर कोरोना भाइरस फैलिएपछि हवाइ यात्रा, पर्यटन लगायतका क्षेत्र मारमा पर्न थालेका छन् । समयमा नै भाइरस नियन्त्रण नभएमा विश्वभर आर्थिक वृद्धि घट्ने चिन्ता बढिरहेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस हालसम्म ८० देशमा फैलिइसकेको छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वभर ३१६८ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार संक्रमितहरुको संख्या ९३ हजार नाघेको छ । ८० देशमा फैलिएको यो भाइरसले पछिल्लो समय चीनभन्दा पनि विश्वका अन्य देशहरुमा कहर मच्चाइरहेको छ ।

चीनमा विस्तारै यो भाइरसमाथि नियन्त्रण लिने प्रयास सफल हुँदै आएको बताइएको छ । चीनमा कोरोना भाइरसका कारण मर्नेहरुको संख्या २९४५ पुगेको छ भने संक्रमितहरुको संख्या ८० हजार १५२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको