काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध नरहेको बताएका छन्।
भृकुटीमण्डपमा आयोजित १७ औँ नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, अनुसन्धान र प्रविधिको विकाससँगै नेपालले पनि ती उपलब्धिहरूको सहज उपभोग गर्ने वातावरण बनाइरहेको बताए।
उनीहरूले युवालाई नयाँ ढङ्गले काम गर्न सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने विश्वास दिलाए। “अग्रगमन र आधुनिकीकरणका लागि आवश्यक नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेका छौँ। लगानी र काम गर्न कुनै बाधा छैन,” प्रधानमन्त्री ओलीले भने।
उनका अनुसार उत्तर र दक्षिणतर्फ नयाँ र पक्की सडक मार्ग निर्माण भइरहेको छ भने अन्तर्राष्ट्रिय विमानस्थल थपिएका छन्। उनले हरित उर्जा, मिथेन ग्यास र धौवादी फलामको उत्पादन तथा प्रयोग सुरु भइसकेको उल्लेख गर्दै प्रविधिको रूपान्तरण विकास र समृद्धितर्फको मार्ग हो भन्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले उद्यमी तथा लगानीकर्ताहरुलाई ढुक्कसँग अघि बढ्न र देशको विकासका लागि योगदान दिन आह्वान गर्नु भएको छ ।।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले