सरकारले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रभाव आकलन गर्दै एकपछि अर्को निर्णय गर्दै आए पनि नेपाल भ्रमण वर्ष २०२० स्थगन भएको हो कि होइन भन्ने स्पष्ट भएको छैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा टीपी भुसालले लेखेका छन् ।
सरकारले मार्च ७ देखि सम्पूर्ण मुलुकका लागि अन अराइभल भिसामा रोक लगाउँदै कोरोनाको रोकथाम एवम् पूर्वतयारीका कार्यहरू तत्काल थाल्ने निर्णय गरेको छ । तर, भ्रमण वर्षलाई नै स्थगित गर्ने वा निरन्तरता दिने भन्ने विषयमा ठोस निर्णय नआउँदा भ्रमण वर्ष अन्योलमा परेको छ ।
आइतवार बेलुकी अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा भ्रमण वर्ष स्थगित गरी २०२२ मा सार्ने प्रस्ताव आएको भनिए पनि यस विषयमा कुनै ठोस निर्णय बाहिर नआएपछि भ्रमण वर्षको तालुकदार मन्त्रालय र भ्रमण वर्ष सचिवालय नै भ्रमण वर्ष के हुने भन्नेमा अन्योल देखिन्छन् ।
सरकारले भ्रमण वर्षका बारेमा सरोकारवालाहरूसँग के गर्दा उपयुक्त होला भन्नेमा न छलफल गरेको छ, न त गर्न खोजिएका उपायबारे जानकारी नै आएको छ । आइतवारको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्षका बारेका के निर्णय गरेको छ भन्ने विषयमा सोमवारसम्म पनि स्पष्ट तथ्य बाहिर आउन सकेन ।
मन्त्रिपरिषद् बैठकका निर्णयबारे सञ्चारमाध्यमलाई हरेक बिहीवार मात्रै जानकारी दिने प्रचलनले मन्त्रिपरिषद्का निर्णयबारे सूचना पाउनसमेत मुश्किल भएको छ । मन्त्रिपरिषद् बैठकमा भ्रमण वर्ष स्थगित गरी २०२२ मा गर्ने भन्ने प्रस्ताव आएको आपूmले सुनेको तर यसबारेमा औपचारिक रूपमा केही थाहा नभएको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू