राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनको परीक्षण गरिने भएको छ । चैत महीनाको प्रारम्भमा नै आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनमा पानी पठाई परीक्षण गरिने भएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा नवराज शिवाकोटीले लेखेका छन् ।
फागुन महीनामा आवश्यक प्राविधिक कार्यहरू सम्पन्न गरी चैत महीनाको प्रारम्भमै जलाशय तथा डिसेल्टिङ बेसिनमा पानी पठाई परीक्षण गरिने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए ।
आयोजनाको कठिन काम मानिएको माथिल्लो तथा तल्लो भर्टिकल साफ्ट (ठाडो सुरूङ) मा पेनस्टक जडान गर्ने काम अहिले चलिरहेको प्रवक्ता न्यौपानेको भनाइ छ । उनका अनुसार फागुन १५ गते सम्ममा ३७३ मीटरको तल्लो भर्टिकल साफ्टमा २३० मीटर तथा ३१० मीटरको माथिल्लो भर्टिकल साफ्टमा १४० मीटर पेनस्टक पाइप जडान सम्पन्न भएको छ ।
प्रतिशतका हिसाबले तल्लो भर्टिकल साफ्टमा ६१ दशमलव ६६ तथा माथिल्लोमा ४५ दशमलव १६ प्रतिशत पेनस्टक जडान भएको छ । समग्रमा कुल ६८३ मीटर लामो भर्टिकल साफ्टमा फागुन १५ गते सम्ममा ३७० मीटर पेन स्टक पाइप जडान सम्पन्न भएको छ । जुन भर्टिकल साफ्टको कुल लम्बाइको ५४ दशमलव १७ हुन आउँछ ।
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड