February 27, 2020

पेटको समस्याका कारण चीनलाई उपहार दिइएको ‘सोल्टी’ गैँडाको मृत्यु

चीन सरकारलाई उपहारस्वरुप दिइएको दुई जोडीमध्ये एक गैँडाको मृत्यु भएको छ । गत वर्ष भदौमा सांघाई चाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र ‘मितिनी’ गैँडामध्ये सोल्टीको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । सोल्टीको मृत्युपछि मितिनी एक्लिएकी छिन् । आजको राजधानी दैनिकमा समाचार छ ।

‘गैडा मृत्यु भएको सामान्य जानकारी मात्र आएको छ,’ विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले भने, ‘यसबारे बुझ्न टोली पठाउने तयारी भएको छ । त्यहाँ पुगेर नबुझी मृत्युबारे थप भन्न सकिँदैन ।’ यद्यपि विभागका एक कर्मचारीका अनुसार सोल्टी गैँडाको पेटको समस्याका कारण मृत्यु भएको हो ।

नेपालले ‘सोल्टी’ र ‘मितिनी’ अघि ‘रुपसी’ र ‘भद्र’ नामक जोडी गैडालाई चिमे लङ सफारी पार्कमा पठाएको थियो । त्यहाँ पठाइएका अन्य तीन गैँडाको अवस्था भने सामान्य रहेको विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

नेपाल र चीनबीच वन्यजन्तु संरक्षणमा वैज्ञानिक सहयोग आदानप्रदानका साथै सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले २६ असार २०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई चीनलाई दुई जोडी एकसिंगे गैँडा उपहार दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर