भ्रष्टाचार कसुर अनुसन्धानको हदम्याद बढाउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमा छवटा संशोधन दर्ता भएका छन् । विधेयकमा संशोधन दर्ता गर्ने क्रम सकिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र प्रतिपक्ष दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अनुसन्धानका लागि तोकिएको हदम्याद बढाउन प्रस्ताव गरेका छन् । काँग्रेसका तर्फबाट सांसद राधेश्याम अधिकारीसहितका चार जनाले संशोधन दर्ता गरेका छन् । संशोधनमा अवकाशप्राप्त कर्मचारीको अनुसन्धानको हदम्याद पाँच वर्षबाट बढाएर दस वर्ष पु¥याउन प्रस्ताव गरिएको छ ।
राजपाका तर्फबाट सांसद वृशेषचन्द्र लालले दर्ता गर्नुभएको संशोधन प्रस्तावमा पनि हदम्याद दस वर्ष पु¥याउन माग गरिएको छ । काँग्रेस र राजपाको संशोधन प्रस्ताव हुबहु छ ।
यस्तै विकासनिर्माण कार्यसम्बन्धी कार्यका हकमा आयोगले मिसिल, प्रमाण प्राप्त भएको मितिले १८० दिनभित्र अनुसन्धान र तहकिकात गरिसक्नुपर्ने गरी हदम्यादको व्यवस्था गर्नुपर्ने काँग्रेस र राजपाको संशोधनमा उल्लेख छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित