
काठमाडौं । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ड्रेन निर्माण पूरा भएको छ । ४७१ मिटर परिधिको १६ लाख लिटर पानी अट्ने क्षमताको ड्रेन निर्माण पूरा भएको अभियान्ता सीताराम कट्टेल (धुर्मुस)ले बताएका छन् ।
दुई मिटर चौडाई रहेको ड्रेनको भित्री उचाई २.३७ मिटर र बाहिरी उचाई ३.२७ मिटर रहेको छ । डेढ महिनामा उक्त ड्रेन निर्माण सम्पन्न भएको अभियान्ता सीतारामले बताए ।
रङगशालामा दैनिक ६० हजार लिटर पानी खपत हुने भएकाले सोही प्रयोजनका लागि ड्रेन निर्माण गर्नु परेको उनको भनाइ छ ।
सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत उनले आगामी चार महिनामा रङगशाला निर्माण सम्पन्न हुने बताए । अहिले मैदान निर्माणको काम भइरहेको छ ।
त्यसका लागि आवश्यक सहयोग गरिदिन पनि उनले आग्रह गरेका छन् । सहयोग गरेर रंगशालाको निर्माणको अपनत्व ग्रहण गरिदिन आग्रह गर्दै उनले निर्माण सामग्री कम्पनीहरुसँग सहयोगको अपेक्षा गरेका छन् ।
रंगशालालाई खेलकुदको मन्दीर भन्दै सीतारामले सिमेन्ट कम्पनीहरुलाई सिमेन्ट, छड कम्पनीहरुलाई छड तथा अन्य निर्माण सामग्री कम्पनीहरुलाई आआफ्नो तर्फबाट सकेको सहयोग गर्न उनले भनेका छन् ।
डोजर, रोलर, स्काभेटर हुनेहरुले एक महिनाका लागि उपलब्ध गराउन सक्ने भन्दै उनले श्रमदान गर्नेहरुका लागि पनि आफूले स्वागत गरेको बताए ।
उनले क्रिकेटर सन्दिप लामिछानेले प्रत्येक विकेट लिए वापत सगरमाथाको उचार बराबर ८ हजार ८४८ रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेको जानकारी पनि दिएका छन् ।
यस्तै हिजो मात्रै गायक प्रमोद खरेलले अबको एक वर्षमा आफूले गर्ने हरेक सांगीतिक कार्यक्रमको पारिश्रमिकबाट ५ हजार १११ रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेका थिए ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी