January 22, 2020

आज नेप्से ओरालो लाग्याे

 
Image result for नेप्से ओरालो लाग्याे

माघ ८,  काठमाडौं । मङ्गलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ७।०५ अङ्कले घटेर एक हजार ३१३.४२ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.१३ अङ्कले घटेर २८२।३० मा समेटिएको छ । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको छ । आज कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर रु एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ मा खरिदबिक्री भयो ।

कारोवार भएका कुल १२ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मात्र बढेको छ । सो उपसमूहको शेयर १६२।७४ अङ्कले बढेको छ । बैंकिङ ८.६१, व्यापार ११.१३, होटल २३.६७, विकास बैंक १७.७२, जलविद्युत् १५.९३, वित्त १.९४, निर्जीवन बीमा २३.०५, उत्पादन २३.५८, अन्य ५.९४, लघुवित्त १०.३६ र सामूहिक लगानी कोषको शेयर ०.०६ अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा आज ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ६१ करोड १२ लाख २८ हजार ७४६ मा खरिदबिक्री भयो । यस्तै नेपाल बैंकको रु नौ करोड नौ लाख ३१ हजार १८५, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रु सात करोड ६९ लाख नौ हजार २३४, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ८३ लाख ६७ हजार ३५३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ८१ लाख ७१ हजार ५७९, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ४१ लाख २७ हजार ११२ र एनआइसी एसिया बैंकको रु दुई करोड ९५ लाख ७७ हजार ४८८ मा खरिदबिक्री भयो ।

स्टकका अनुसार आज एसियन लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ८.४७ प्रतिशतले कमाए । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी ८.२०, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ५.२४, सिर्जना फाइनान्स ३.९६, सिद्धार्थ इक्विटी फण्ड ३.९३ र ग्लोबल आइएमई समुन्नत स्किम–१ का लगानीकर्ताले ३.९१ प्रतिशतले कमाए ।

यस्तै सबैभन्दा बढी पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.६९ प्रतिशतले गुमाए । कञ्चन डेभलपमेन्ट बैङक ७।५१, सेन्ट्रल फाइनान्स ७.२३, नविल इक्विटी फण्ड ५.२९, सिनर्जी पावर डेभलपमेन्ट ५ र स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.९९ प्रतिशतले गुमाए ।  रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा