December 26, 2019

नागढुंगा सुरुङमार्ग निर्माण कार्यले लियो गति

बहुचर्चित आयोजनाका रूपमा रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाअन्तर्गतको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। राष्ट्रिय प्राथमिकताको यस आयोजनाको सुरुङ निर्माणबाहेकका संरचना निर्माणको कार्य अघि बढेको हो। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

निर्माणको जिम्मा पाएको जापानी ठेकेदार कम्पनीले अहिले सडक खन्ने, सडक चौडा पार्न, साइट क्लियर पार्ने काम, विभिन्न प्रयोजनका लागि आवश्यक पर्ने आयोजनाअन्तर्गतका भवनहरु निर्माणको काम अघि बढिरहेको आयोजनाले जनाएको छ।

अहिले ठेक्केदार कम्पनीले आफू र आफ्नो कामदार बस्ने क्याम्प खडा गरी सुरुङको दुवै मुख पर्ने काठमाडौं र धादिङपट्टि निर्माणको काम गरिरहेको आयोजनाले जनाएको छ। काठमाडौंंको तोतीपाखाआसमास र धादिङको सिस्नेखोला आसपास काम भइरहेको छ।

सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनीले कात्तिक १८ गतेदेखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने कार्ययोजना पेस गर्दै निर्माणको काम गरिसकेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड