बहुचर्चित आयोजनाका रूपमा रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाअन्तर्गतको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। राष्ट्रिय प्राथमिकताको यस आयोजनाको सुरुङ निर्माणबाहेकका संरचना निर्माणको कार्य अघि बढेको हो। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

निर्माणको जिम्मा पाएको जापानी ठेकेदार कम्पनीले अहिले सडक खन्ने, सडक चौडा पार्न, साइट क्लियर पार्ने काम, विभिन्न प्रयोजनका लागि आवश्यक पर्ने आयोजनाअन्तर्गतका भवनहरु निर्माणको काम अघि बढिरहेको आयोजनाले जनाएको छ।
अहिले ठेक्केदार कम्पनीले आफू र आफ्नो कामदार बस्ने क्याम्प खडा गरी सुरुङको दुवै मुख पर्ने काठमाडौं र धादिङपट्टि निर्माणको काम गरिरहेको आयोजनाले जनाएको छ। काठमाडौंंको तोतीपाखाआसमास र धादिङको सिस्नेखोला आसपास काम भइरहेको छ।
सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनीले कात्तिक १८ गतेदेखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने कार्ययोजना पेस गर्दै निर्माणको काम गरिसकेको हो।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर