प्रधानमन्त्री बालेन शाहद्वारा सांसदहरूसँग क्षेत्रीय समस्या र विकासका विषयमा छलफल

चैत १६ , काठमाडौँ । बालेन शाहले आज सत्ता र प्रतिपक्षी दलका सांसदहरूसँग सामूहिक छलफल गरेका छन्। प्रदेशगत रूपमा आयोजना गरिएको उक्त छलफलमा विभिन्न दलका सांसदहरूले आ–आफ्नो क्षेत्रका समस्या तथा विकाससम्बन्धी विषयहरू उठान गरेका हुन्।

छलफलमा ज्ञानेन्द्र शाहीसमेत सहभागी भएका थिए। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता हुन्। उनले बैठकमा कर्णाली प्रदेशका विकास–निर्माणका मुद्दा उठाउने तयारीसहित सहभागी भएको बताएका थिए।

यसैबीच, हर्क साम्पाङले भने प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी नहुने जनाएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले संसद् बैठक बोलाउन पहल नगरी ‘कोठे बैठक’ बोलाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
उनले लेखेका छन्, “सदनको बैठक नियमित हुनुपर्छ, जनताको प्रश्नबाट भाग्न पाइँदैन।”

छलफलमा सहभागी यज्ञमणि न्यौपानेले सांसदहरूले आफ्नो निर्वाचन क्षेत्र र प्रदेशका प्रमुख समस्या प्रधानमन्त्रीसमक्ष राखेको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले तत्काल समाधान गर्न सकिने विषय र दीर्घकालीन समाधान आवश्यक पर्ने विषयबारे विशेष चासो देखाएका थिए।

प्रधानमन्त्री शाहले सांसदहरूको सुझाव र क्षेत्रीय आवश्यकता बुझ्न नियमित अन्तरक्रियालाई निरन्तरता दिने संकेत गरेका छन्। बैठकलाई संघीय सरकार र जनप्रतिनिधिबीच समन्वय सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स

श्रममन्त्री साह बर्खास्त

चैत २६, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको